AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १९ वर्षीया एलिसा खड्काको रहस्यमय मृत्यु, खडकाको मृत्यु प्रकरणमा साथी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०७९, सोमबार १९:१७
1.29k
Shares
विराटनगर / धरान–१५ घर भई विराटनगरमा डेरा बस्दै आएकी एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका– १५ घर भई १९ वर्षीया एलिसा खड्काको १८ माघ राती रहस्यमय मृत्यु भएको हो ।

विराटनगर–१२ मा साथीको घर गएको बेला गत माघ १८ गते अचानक बेहोस राती ९ बजेत १५ मिनेटमा विराटनगरस्थित कोशी अस्पतालमा ल्याइर्पुयाउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

खडकाको मृत्यु प्रकरणमा प्रहरीले विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजवंंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । एलिसाको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्कामा गरेको छ । एसिलाको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले राजवंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् । उनीहरू लागू औषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था नभएको डिएसपी कार्कीले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोट आएपछि के भएर मृत्यु भएको खुल्नेछ ।’प्रहरीले मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खल्ने जनाएको छ । पक्राउ परेकी राजवैंशीलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर