AArya
RUMPUM
animated ellipse animated ellipse

भिडभाडमा कोरोना संक्रमण थप फैलन सक्ने भन्दै मोरङमा दशैं लक्षित निषेधाज्ञा जारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०७७, आईतवार १९:२१
1.75k
Shares
विराटनगर / चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले दशैं लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज एक विज्ञप्ति निकाल्दै कात्तिक ३ गतेदेखि लागु हुने गरि कात्तिक १५ राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएको समय जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका यातायातबाहेक आवत–जावत नगर्ने प्रशासनले आदेश दिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण नजिकिँदै गरेको दशैंलगायत चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध समेत गरेको छ ।

निषेधाज्ञा अवधिमा जिल्लाभरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजा अर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने मोरङ्ग प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर