animated ellipse animated ellipse

एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७७, आईतवार १७:३१
3
Shares
काठमाण्डौ / नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जमा ९ जना र विरगञ्जमा १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा.देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्जमा भेटिएका ५ पुरुष र ४ जना महिला ७ देखि ५८ वर्ष उमेरका रहेको बताए । उनीहरुलाई नेपालगञ्ज अस्पतालमा ल्याउने काम भइरहेको डा. देवकोटाले बताए ।

यसैगरी पर्साको वीरगञ्जमा पनि एकजना ३६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ । उनलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि ६९ पुगेको छ । नेपालगञ्जमा यसअघि १ जना धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यता वीरगञ्ज क्षेत्रमा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये १६ जना निको भएका छन् । निको भएकामध्ये रौतहटका १ युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर