कवि एवं पत्रकार नवोदितलाई वाचनालयको सम्मान

खबर पूर्वाञ्चल, ३० चैत्र २०७७, सोमबार २२:२५

विराटनगर / विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको छ ।

वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको हो । विराटनगर वडा नम्बर १२ मा बसोबास गर्ने साहित्यकार,पत्रकार, समाजसेवीलगायतलाई वाचनालयले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष सम्मान गर्दै आएको छ ।

विराटनगर–१२ मा स्थायी रुपमा बसेर साहित्य क्षेत्रमा सक्रिय भएकाले नवोदितलाई सम्मान गरिएको वाचनालयकी अध्यक्ष सीता लामिछानेले बताइन् । नवोदितलाई प्राज्ञ गंगा सुवेदी, समाजसेवी विष्णु शर्मा, आयोजक संस्थाकी अध्यक्ष सीता लामिछानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी थिए । नवोदितका ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’लगायत विभिन्न कृति प्रकाशित भएका छन् ।

त्यस्तै सोही अवसरमा वाचनालयका संस्थापक अध्यक्ष केदारप्रसाद अज्र्याल र जग्गादाता भूपध्वज कार्कीलाई मरोणापन्त सम्मान गरियो । त्यस्तै वाचनालयका पूर्वअध्यक्ष अश्विनीकुमार अज्र्याल, मणिकुमार अज्र्याल, समाजसेवी मीनादेवी बस्नेतलगायतलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी प्राज्ञ सुवेदीले वाचनालयलाई विराटनगरका हरेक वडामा बसोबास गर्ने व्यक्तिले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले आफूले पनि वाचनालयको प्रगतिमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा सहकारीका अभियन्ता रमेशप्रसाद पोखरेल, डिल्ली पोखरेल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५