RUMPUM
animated ellipse animated ellipse

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ भाद्र २०८१, बुधबार १८:५५
234
Shares
विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र ३ वर्षीया छोरी अर्पणा कार्कीलाई विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । गत शनिबार सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको थियो । छोरीहरू मृत फेला परे पनि आमा अस्मिता सम्पर्क विहीन थिइन् ।

घटनापछि फरार बनेकी उनलाई पाँच दिनपछि आज झापाको विर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्ग नजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेकी अस्मितालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । ‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिनँ,’ उनले भनिन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’ सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चाहिँ मर्छु होला भनेर छोरीहरूलाई समेत खुवाएको अस्मिताले बताएकी छन् । आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएको र अति भएपछि यो बाटो अपनाएको उनले बताइन् । ‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरूलाई खुवाएँ । उनीहरू मरे । तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन ।

घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिनँ ।’ उनको भनाइ अनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो । तर, अस्मिता आफूले चाहिँ विष खाइन् कि खाइनन् भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने एसपी कार्कीले बताए । ‘शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ । तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ । परीक्षणको प्रक्रिया अघि बढाइसकिएको छ,’ एसपी कार्कीले भने । प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर