AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारीद्वारा पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०७८, मंगलवार १६:४८
162
Shares
धरान / कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले आज जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई फिल्डमा काम गर्नकालागी स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन आग्रह गरेको छ । स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।प्रेस चौतारी नेपाल एक नं. प्रदेश सदस्य सन्तोष काफ्ले, पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुवेदी, प्रेस चौतारी नेपाल सुनसरी सदस्य तथा धरान इन्चार्ज दामोदर गुरागाई लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवा लगायतका स्थानिय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रेस चौतारीले ध्यानाकर्षण गराएको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए । मेयर राईले भने ‘चौतारीले राखेको माग प्रति सकारात्मक हुँदै तत्काल हामी छलफल गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने, फेलोसिकालागी पत्रकार महासंघसँग समन्वय गर्ने तथा समानुपातिक विज्ञापनका विषयमा के गर्न सकिन्छ छलफल गरेर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर