AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

देवकोटा जयन्तीका अवसरमा छन्दवाटिकाको साहित्यिक कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०८१, मंगलवार १७:००
162
Shares
विराटनगर/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर छन्दवाटिका विराटनगरले सिर्जना वाचन कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार देवी पन्थी, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, आयोजक संस्थाका अध्यक्ष हरि कट्टेललगायतले महाकवि देवकोटा शालिकमा माल्यार्पण गरेका थिए ।

त्यस्तै कवि भरत गुरागाईं बर्बरिक, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, रोहिणी रसिक, जीवन काफ्ले, भारती पोखरेल, भूपाल अधिकारी, शारदा भट्टराई, भवानीप्रसाद पोखरेल, कुमार श्रेष्ठ, ऋषि तिवारी, सविना श्रेष्ठ, स्वयम्भुनाथ कार्की, कर्ण सञ्जय, बाबुराम पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, चिरञ्जीवि काफ्ले, निर्मला कोइराला, भक्ति दाहाललगायत डेढ दर्जनभन्दा बढीले महाकवि देवकोटासँग सम्बन्धित र देवकोटाका सिर्जना प्रस्तुत गरेका थिए ।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजक संस्थाका हरि कट्टेलले अबदेखि छन्दवाटिकाले हरेक वर्ष देवकोटा जन्मेकै दिन कार्यक्रम आयोजना गर्ने जानकारी दिए । प्रमुख अतिथि पोखरेल, प्राज्ञ खेम नेपालीलगायतले नेपाली साहित्यमा देवकोटाले पु¥याएको योगदान चर्चा गरेका थिए ।

वि.सं. १९६६ कात्तिक २७ गते जन्मिएका महाकवि देवकोटाको वि.सं. २०१६ साल भदौ २९ गते निधन भएको थियो । उनका मुनामदन, कुञ्जीनी, शाकुन्तल, सुलोचनालगायत दर्जनौं कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर