AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा समाज सभ्य बन्छ : मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७८, सोमबार १८:१३
387
Shares
सङ्खुवासभा /प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।
आज मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै मन्त्री कार्कीले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गरे । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उनको जोड छ । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुराउँछु भनेर लाग्नुपर्छ, उनले भने ।’

मन्त्री कार्कीले कारागार भित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा गरे । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ ओटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ सङ्खुवासभामा पनि कार्यक्रमको आयोजना गरेको बताए । कारागार, कैदी, बैतानिक वकिलको अनुन्याश्रीत सम्बध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

बैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवालाई सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीलाई आफ्ना मुद्दाका बारेमा स्पष्ट रूपमा सूचना पाउनुपर्ने बताए । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने बताउनुभयो । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने बताए ।

सानै कक्षादेखि कानूनको कक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमा उपलब्ध हुनुपर्ने माग कैदीबन्दीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर