खबर पूर्वाञ्चल
प्रदर्शनकारी हटाउन प्रहरीले लाठीचार्ज पनि गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको हो ।
उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्ने तयारी गरेको छ ।
‘हवाइफायर र अश्रग्यास प्रहार भएको छ, लाठी चार्ज पनि भएको छ,’ उनले भने,‘ स्थीति अनियन्त्रित भए कर्फ्यू आदेश जारी गर्छौं ।’