AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएकोे दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०८०, बिहीबार १९:५९
5.25k
Shares
विराटनगर/ विराटनगरको विकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । आज प्रकाशित भएको नतिजा अनुसार विकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्पस पोखरेलले चार जिपीए ल्याएका हुन् ।

तीन जना विद्यार्थीले चार जिपीए ल्याएर नेपाल प्रथम भएको विकेभीएम स्कुलले दाबी गरेको छ । ‘चार जिपीए ल्याउने देशभरीको विकेभीएम स्कुल पहिलो भएको अहिलेसम्म हामीले जानकारी पाएका छौं,’ विकेभिए स्कुलका प्रशासन प्रमुख रामहरी देवकोटाले भने, ‘उत्कृष्ट नतिजाको आधारमा हामीले नेपाल प्रथम भएको दावी गरिएक हौ ।’

विकेभीएमबाट २५७ जना विद्यार्थीले एसईईको परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ९९ जना विद्यार्थीले ३.६५ जीपीए भन्दा माथि ल्याएको उनले बताए । १११ जना विद्यार्थीले ३.२५ जीपीए, ४१ जनाले २.८५ जीपीए, ५ जनाले २.४५ जीपीए र १ जनाले २ जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर