AArya
RUMPUM
animated ellipse animated ellipse

देउवा समुह त्याग्दै भीम पराजुली उभिए थापा समुहमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०८३, बुधबार ०७:५२
72
Shares
फाइल तस्वीर
विराटनगर / कोशी प्रदेशमा पूर्व मन्त्री तथा प्रदेश सांसद भीम पराजुलीले पार्टी सभापति गगनकुमार थापाको पक्षमा उभिने घोषणा गरेका छन् ।

कांग्रेसको इतर अर्थात् शेरबहादुर देउवा समूहले समानान्तर अधिवेशनका लागि भदौ २७ गते कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई जिम्मेवारी दिएको थियो । त्यसको केही दिनमै पराजुलीले आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै थापा नेतृत्वको समूहमा रहने स्पष्ट पारेका हुन् ।

पराजुलीले मंगलबार सामाजिक सञ्जालमार्फत कांग्रेसलाई थप सुदृढ र गतिशील बनाउन थापा नेतृत्वमा समर्पित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले आफू नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुखप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।

यसअघि कृष्णप्रसाद सिटौलानिकट मानिँदै आएका पराजुलीलाई देउवा समूहले मोरङमा समानान्तर अधिवेशन गराउने जिम्मेवारी भदौ २७ गते दिएको थियो । तर, उनले आफू कांग्रेसकै मूलधारमा रहेर थापा पक्षलाई साथ दिने निर्णय सार्वजनिक गरेका हुन् ।

विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका पराजुली कोशी प्रदेश सरकारमा वन, पर्यटन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् । थापा पक्षमा खुलेसँगै उनी उक्त समूहबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् ।

थापा नेतृत्वको केन्द्रीय समितिले कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समिति सदस्यसरहको जिम्मेवारी दिने निर्णय केही दिनअघि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर