खबर पूर्वाञ्चल
निको हुनेमा होमआईसोलेसनबाट २ सय ८३ र विराट मेडिकल कलेजबाट ३ जना रहेका छन् । अहिलेसम्ममा निको हुनेको संख्या २५ हजार ७ सय ८१ पुगेको छ ।
मोरङको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २–२ र रंगेली र बेलबारीमा १–१, झापाको दमक र शिवसताक्षीमा २–२, गौरादह र मेचीनगरमा १–१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, ते¥हथुमको फेदाप र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया