AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०८२, बुधबार २०:१४
720
Shares
विराटनगर / विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।

आज बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो ।

महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो ।

सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३७९ जना ड्रप आउट बच्चाहरुलाई राष्ट्रिय खोप तालिकाबमोजिम खोप लगाई वडाहरुबाट पूर्णखोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए ।

खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपनाको प्रतिबद्धतासमेत जनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर