विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको दाबी गरेकी छिन् ।
मन्त्री राईले विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा निरीक्षण गर्दै यस्तो दाबी गरेकी हुन् ।उनले कोभिड अस्पतालले गुणस्तरीयसँगै सुविधा सम्पन्न सेवा दिएको पनि बताइन् । ‘ निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको छ,’ उनले भनिन्, ‘प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको हो ।’
मन्त्री राईले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि जानकारी गराइन् । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिइन् ।
तपाईको प्रतिक्रिया