ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७९, सोमबार १०:३१
414
Shares
विराटनगर /सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी ६ का २९ वर्षीय नवीन धिमाललाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए । भारतबाट अवैध रूपमा ल्याएको पेस्तोल सशस्त्र प्रहरीले आलमको साथबाट बरामद गरेको हो ।

को २७ प ४०६ नं. को पल सर मोटरसाइकल चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल फेला परेको थियो । आलमले बोकेको पेस्तोल धिमालले मगाएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

प्रहरीको उनीहरूको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले धिमालको साथबाट नगद ४७ हजार ७ सय ७० रुपैयाँ पनि बरामद गरेको छ । भारतबाट पढाइदिएको पेस्तोल धिमालले ६५ हजार रुपैयाँमा खरिद गर्ने बताए अनुसार आलममार्फत सो पेस्तोल ल्याएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट सुलेको छ ।

पक्राउ परेका धिमाल र आलम लागू औषध कारोबारी पनि रहेको बुझिएको छ । हातहतियार देखाएर लागू औषधको कारोबार गर्ने उद्देश्यले पेस्तोल मगाएको हुनसक्ने प्रहरीको आशङ्का रहेका छ ।

सशस्त्र प्रहरीले बरामद गरेको हातहतियारसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ । पक्राउ परेका दुवै जनालाई इप्रका रंगेलीले आज मोरङ अदालतमा हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्नेछ । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर