RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा थप एक साता लकडाउन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ श्रावण २०७७, बिहीबार २०:४४
1.71k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले लकडाउनको समय एक साता थप गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले सात दिन लकडाउन थप गरेको हो ।

समुदायमा कोरोना फैलिदै गएछि महानगरले श्रावण १६ गतेदेखि लगाएको लकडाउन भोली सकिँदैछ ।

महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको आज बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ ५ गतेसम्मको लागि लम्ब्याएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

तत्कालको लागि एक साता लकडाउन थप भएको जानकारी दिँदै प्रमुख पराजुलीले अत्यावश्यक बाहेकका सबै सेवा सो अबधिमा बन्द गरिने समेत बताए । संक्रमित धेरै देखिएको क्षेत्रलाई शिल गरेर परीक्षणको दायरा बढाउनेगरी पनि सो अबधिमा काम गर्ने महानगरले जनाएको छ ।

लकडाउनअघि विराटनगर महानगरपालिकामा १ सय ८ कोरोना संक्रमित भेटिएकोमा। लकडाउनयता थप ३ सय ७ जना संक्रमित थपिएका छन् ।
विराटनगरमा आजसम्म ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर