AArya
RUMPUM
animated ellipse animated ellipse

महाधिवेशन भएको ३ महिना नहुँदै अध्यक्ष हटाउने राजनीतिक कुरा हैन : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०८३, मंगलवार २१:०४
3
Shares

विराटनगर /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र अनावस्यक विवादमा नलागी एकताबद्ध हुन आग्रह गरेका छन् । उनले अहिले पार्टीमा एकढिक्का भएर चुनौतिको सामाना गर्ने समय भएको बताए ।

विराटनगरमा आज आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टी पुर्नगठन सम्वन्धी सुझाव संकलन कार्यक्रमलाई भर्चुअल रुपमा सम्वोधन गर्दै अध्यक्ष ओलीले भने,‘ हाम्रो पार्टी एकताबद्ध हुनुपर्दछ, अनावश्यक विवाद यताउति गरेर हुने होइन । यतिबेला पार्टी एकढिक्का भएर चुनौतीको सामना गरेर पार्टीलाई लागेको धक्काबाट फेरि उठाउनु पर्नेछ, त्यसका लागि पार्टी पहिलो कुरा सशक्त ढङ्गले अगाडि बढ्नुपर्छ ।’

निर्वाचनमा पार्टीले भोगेको गम्भीर धक्का र कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै नेताहरूले पार्टी पुनर्गठन तथा नेतृत्व हस्तान्तरणको माग उठाईरहेका बेला अध्यक्ष ओलीले महाधिवेशन भएको तीन महिना नपुग्दै अध्यक्ष हटाउने भन्ने कुरा ठिक नभएको जिकिर गरे । उनले भने‘ महाधिवेशन भएको ३ महिना नहुँदै अध्यक्ष हटाउने भन्ने कुरा कुन राजनीतिक हो ? कुन वैधानिकता हो ? कुन सांगठनिक प्रक्रिया हो ? यी कुराहरू हुन सक्ने कुरा होइनन् र हाम्रो पार्टीको यो कुरा होइन, यो विचार होइन । यस उद्देश्यका साथ हामीले समीक्षा गर्ने भनेका होइनौँ ।’

निर्वाचनको समीक्षा पार्टीको तल्लो तहदेखि नै होस भनेर सुझामव संकलन शुरु गरिएको उनले बताए । अध्यक्ष ओलीले भने,‘ समस्या कहाँनिर छ ? हाम्रा कमिटीहरू को सम्बन्ध, कमिटी र जनताको विचार, राम्रो सम्बन्ध हुनुपर्ने । नेता र कार्यकर्ताका बीचमा, कार्यकर्ता र जनताका बीचमा कस्तो सम्बन्ध हुनुपर्ने थियो, के कारणले कमजोर भयो ? त्यसको समीक्षा हुनुपर्छ । ’

अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गरेको बेला देशमा ‘स्वर्ण युग’ भन्ने अवस्था रहेको बताए । उनले भने,‘ सुशासनको हिसाबले, देशभक्तिको हिसाबले, राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन गर्ने हिसाबले, सबै हिसाबले हामी उन्नत अवस्थामा थियौँ ।’

राजनीति अत्यन्तै व्यवस्थित ढङ्गले लोकतान्त्रिक विधिबाट अगाडि बढिरहेको थियो। सुशासन चलिरहेको थियो, भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी प्रयासहरू अगाडि बढाइएका थिए। र देशलाई विकासको गतिमा अगाडि बढाउँदै थियो र एक पक्षमा विकास होइन, पूर्वाधारमा मात्रै विकास होइन, हरेक पक्षमा, आर्थिक उन्नतिका हरेक पक्षमा हामीले विकास गरेका थियौँ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर