animated ellipse animated ellipse

संसद् बिघटन विरूद्ध जसपाको निरन्तर विरोध प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७७, आईतवार १८:५१
216
Shares
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको असंवैधानिक निर्णाय विरूद्ध जनता समाजवादी पार्टी (जसपा) मोरङले विरोध प्रदर्शनलाई निरन्तरा दिएको छ ।

जसपाको केन्द्रीय समितिले संसद् बिघटनको देशव्यापारी विरोध गर्ने निर्णाय स्वरूप आज पनि विराटनगरमा विरोध पर्दशन गरेको हो । यस अघि पनि जसपाले दैनिक जसो विराटनगरमा विरोध पर्दशन गर्दै आएको छ । विराटनगरको संसारीमाईबाट निस्किएको ¥यालीसहितको विरोध प्रर्दशन नगर परिक्रा गरि बी प्लटमा आएर कोण सभामा परिणत भयो ।

सभालाई सम्बोधन गदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन् । उनीहरूले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताए ।

विरोध सभामा बोल्दै जसपाका केन्द्रीय सदस्यहरू ईनामुल हक, तेजलाल कर्ण, सन्जु शर्मा, रामलाल सुतिहार, शंकर शाह, चन्द्र प्रसाद राजबंशी तवरेज हक, जिल्ला अध्यक्ष राजकुमार यादवलगायतले असंवैधानिक तरिकाले ओलीले गरेको प्रतिनिधि सभा विघटनको कडा विरोध गर्नुभयो । संसद विघटना गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोध कार्यक्रमलाई निरन्तरता दिने जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताउनुभयो । जसपाले केही दिन अगाडी विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला पनि जलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर