AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट कलेजमा सिमित कोटाः १८ गते प्रवेश परिक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०८२, आईतवार २१:१९
216
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा सिमित सिटमा मात्र भर्ना लिने भएको छ ।

विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउने कलेजले विज्ञान संकायमा चार सेक्सनमा १४० विद्यार्थी र व्यवस्थापन संकायका लागि तीन सेक्सनमा १०५ जना मात्र विद्यार्थी भर्ना लिने जनाएको हो । प्रत्येक कक्षामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका वातानुकुलित कक्षा कोठालाई पूर्ण रुपमा डिजिटलाइज बनाएको छ भने प्रविधिको पूर्ण उपयोग समेत गरेको छ ।

सुविधा सम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापकहरु, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा  पर्याप्त खेलकुद र अतिरिक्त कृयाकलापले विद्यार्थी तथा अभिभावकलाई मोहित बनाउँदै आएको छ । ‘हामी विद्यार्थीको संख्या धेरै बनाउन नभई हाम्रा विद्यार्थीलाई अब्बल बनाउन चाहन्छौं’ प्रिन्सिपल टिकाराम पुरीले भने,‘हामी हाम्रो कोटा भन्दा बढी एक जना विद्यार्थी पनि भर्ना गर्न सक्दैनौं ।’ उनले एभरेष्टका विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्न सकुन् भन्ने चाहना रहेको समेत बताए ।
यस्तै एभरेष्टले यस वर्षदेखि विद्यार्थीलाई युग सापेक्ष अघि बढ्न एआई (कृतिम बौद्धिकता) , साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भएको छ । हरेक विद्यार्थीको शैक्षिक उन्नयन रोकिन नपाओस् भन्नका लागि ‘माई सेकेण्ड टिचर’ एप्लिकेशनको उपयोग गरेको छ । जसबाट विद्यार्थीहरुले मोबाईल तथा ग्याजेटका माध्यमबाट कलेजमा सिकेका कुराहरुलाई दोहो¥याई–दोहो¥याई अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने कलेजले जनाएको छ ।

माई सेकेण्ड टिचरले विद्यार्थीहरुलाई नबुझ्दासम्म सिक्न प्रेरित गर्ने मात्र नभई ग्याजेटको सहि सदुपयोग गर्न समेत अभिप्रेरित गर्दै आएको छ । यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।

४ जीपीए ल्याउने विद्यार्थी एभरेष्टमै पढ्ने
एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी प्रेम खतिवडा र कृति गोयलसहित अधिकांश विद्यार्थीले एभरेष्ट नै रोज्ने हुनुभएको छ ।

एभरेष्टले प्रदान गर्ने शैक्षिक तथा सर्वाङ्गीण विकासको वातावरण जहाँ कहिँ हुन नसक्ने भन्दै उहाँहरुले एभरेष्टमा नै पढ्ने निर्णय गरेको बताए।  एभरेष्ट विज्ञान तथा व्यवस्थापन संकायका लागि तयार पारेका ल्यावहरु, सुविधासम्पन्न लाइब्रेरी, तथा यहाँको भौतिक संरचना नै उत्कृष्ट रहेको उहाँहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर