खबर पूर्वाञ्चल
आज विहान रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन्
दुवै जना विवाहित रहेको डीएसपी दाहालले बताए । घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा आज विहान साढे १० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै डिएसपी दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुवामुनिका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।
मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डिएसपी दाहालले बताए । जुवामुनिका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ । डीएसपी दाहालका अनुसार अजयले जुवामुनिलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ ।
अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाको छ । सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने डिएसपी दाहालको भनाइ छ ।
‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, थप कुरा यकिन भइसकेको छैन ।