AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ २ बाट सुजतालाई पराजित गर्दै पोखरेल निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७९, शुक्रबार २१:०६
495
Shares
विराटनगर/ मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

उन्ले गिरिजा पुत्री नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पोखरेलले ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।

गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म भए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेस उम्मेदवार डाक्टर मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर