खबर पूर्वाञ्चल
सहकारीको विराटनगरमा आज भएको २४ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड ७६ लाख ९४ हजार २२१ रुपैयाँ ९३ पैसाँ आम्दानी गरेको जानकारी गराएको हो ।
सहकारीको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैया ७६ पैसा रहेको छ । सहकारीको शेयर पुँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैया ७० पैसा रहेको छ ।
सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया रहेको छ । सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९९३ रुपैया ६७ पैसा रहेको छ ।
सहकारीले महिला शेयर सदस्य सुत्केरी शिशु पोषण खर्च वापत ५ हजार वितरण गर्दै आएको जनाएको छ । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७५ बर्ष नाघेका सदस्यलाई सम्मान स्वरुप उपचार खर्च वापत जनही २ हजार उपलब्ध गराउने गरेको सहकारीले जनाएको छ ।
सहकारीले विभन्न अक्षयकोष सञ्चालन गरेर संस्थामा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सहकारीमा १८ सय १० जना शेयर सदस्य रहेका छन् ।
२०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट शिक्षा लिदैं २७ बर्ष अगाडि नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुपमा सञ्चालन भएको सहकारीका अध्यक्ष जीवन काफ्ले जानकारी दिए ।
२०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि अब बैधानिकता तर्फ जानुपर्छ भन्ने उदेश्यले नै २०५५ साल सान ४ गते विधिवत रुपमा दर्ता भई सहकारी सञ्चालनमा आएको काफ्लेले जानकारी दिए ।
२७ जना पुरस्कृत
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. को रजत महोत्स्वमा २७ जनालाई पुरस्कृत र सम्मान गरेको छ । आज भएको सहकारीको २४ औं साधारणसभामा ६ जना डाक्टर, १ जना पिएचडी र ६ जना स्नाकोत्तर उत्तीर्ण गरेका सेयर सदस्यहरुलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । यस्तै १४ जना प्लस टु उत्तिर्ण गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।