AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य बीमाले तोकेको दरभन्दा सस्तोमा उपचार हुँदै विराटनगरको गोल्डेन अस्पतालमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०८२, बिहीबार १६:५१
6k
Shares
विराटनगर/ विराटनगरमा रहेको गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरभन्दा सस्तोमा उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी विरामीहरूलाई सहुलियत दरमा उपचार गर्ने जानकारी गराएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विरामीलाई सहुलियत दिने उद्देश्यले शल्यक्रियामा भारी छुट योजना लिएर आएको अस्पतालका निर्देशक सनातन मण्डलले जानकारी दिए । ‘हाम्रो मुख्य उद्देश्य नाफा कमाउने नभएर जनताको स्वास्थ्य सेवामा योगदान पुर्याउने हो,’ उनले भने ।

अस्पतालका प्रबन्धक निर्देशक डा. श्यामकुमार रौनियारले नेपाली स्वास्थ्य प्रणालीमा एक उदाहरणीय र ऐतिहासिक कदमको रूपमा यो निर्णय लिएको बताए । उनका अनुसार लामो समयदेखि शल्यक्रियाका लागि प्रतीक्षारत विरामीहरूका लागि यो अत्यन्त महत्वपूर्ण निर्णय भएको बताए । ‘नेपाल सरकारको सर्वसुलभ स्वास्थ्य सेवा दृष्टिकोणलाई पूर्ण रूपमा आत्मसात गर्दै हामीले आफ्नो नाफाभन्दा समाजप्रतिको दायित्वलाई प्राथमिकता दिएका छौं,’ डा. रौनियारले भने ।

गोल्डेनमा सहुलियत दरमा हाइड्रोसिल शल्यक्रिया १९ हजार ९९९ मात्र रहेको छ । त्यस्तै एपेन्डिक्स शल्यक्रिया १९ हजार ९९९, पाठेघरको शल्यक्रिया २४ हजार ९९९, सिजेरियन डेलिभरी १५ हजार, सामान्य डेलिभरी ४ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी अनुहारको शल्यक्रिया। ३४ हजार ९९९, कानको जालि फुटेको शल्यक्रिया २४ हजार ९९९, मूत्रनलीमा भएको पथरीको शल्यक्रिया २४ हजार ९९९, टन्सिलको शल्यक्रिया २९ हजार ९९९, नाक बाङ्गो भएको शल्यक्रिया २९ हजार ९९९, किड्नीको पथरीको शल्यक्रिया ३४ हजार ९९९ र पित्त थैलीको पथरीको शल्यक्रिया ३९ हजार ४९९ रहेको छ ।
यी सबै शल्यक्रियाहरू १० देखि १५ वर्षको अनुभव भएका एमएस र एमडी डिग्री प्राप्त वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा हुनेछ । जसले विरामीहरूलाई विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नेछ ।

अस्पतालले विशेष समुदायका लागि थप छुट योजना ल्याएको छ । १८ वर्षमुनिका बालबालिकाहरूलाई सघन उपचार बाहेक सम्पूर्ण सेवामा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । त्यसैगरी ८० वर्षमाथिका आमाबुवालाई ५० प्रतिशत छुट उपलब्ध गराइनेछ ।

अस्पतालका प्रशासन प्रमुख ज्याहुलक हकले भने, ‘स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार हो । तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी हो । यो नीतिलाई हामीले समाज र राष्ट्रप्रतिको जिम्मेवारी स्वरूप अघि सारेका छौं ।’ यस नीतिका मुख्य उद्देश्यहरूमा नागरिकलाई शल्यक्रिया सेवा लिनका लागि भोगिरहेको लामो र झन्झटिलो प्रक्रिया, लामो प्रतीक्षा सूची र सेवाको अभावबाट मुक्त गराउने रहेको छ । त्यसैगरी गुणस्तरीय सेवा सस्तो शुल्कमा सबै नागरिकलाई उपलब्ध गराउने, मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्यमा टेवा पुर्याउने र विशेषज्ञ चिकित्सकहरूद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने रहेको छ ।

विशेषगरी मातृ र शिशु स्वास्थ्य सेवालाई अस्पतालले प्राथमिकता दिएको छ । त्यसलाई अझ सुलभ बनाउन विशेष शुल्क निर्धारण गरिएको छ । अस्पतालले निकट भविष्यमा अन्य सेवाहरूमा पनि जनमैत्री योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

निर्देशक मण्डलले भने, ‘गोल्डेन अस्पताललाई सामाजिक सेवाको प्रतीकका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ । हामी सम्पूर्ण नागरिकहरूलाई गुणस्तरीय र भरपर्दो सेवा सहुलियत शुल्कमा उपलब्ध गराई सेवामा निरन्तर समर्पित रहनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर