AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा खानेपानी आयोजना छिट्टै सुरु गर्ने जाइकाको तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०८०, मंगलवार १८:०६
144
Shares
विराटनगर / विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयन आउने भएको छ ।

जापान सरकारको २ अर्ब ३० करोड अनुदान सहयोगमा निर्माण हुने आयोजनाका लागि सबै प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ । जाइकाले निर्माण गर्ने आयोजनाका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

आयोजनाको कामलाई प्रभावकारी बनाउन जाइकाको र नेपाल खानेपानी संस्थाको टोलीले आज महानगरपालिकाका मेयर नागेश कोइरालासित छलफल गरेको छ । टोलीले मेयर कोइरालासित जग्गा प्राप्ति र पाइप लाइनसम्बन्धी छलफल गरेको थियो । सो अवसरमा मेयर कोइरालाले महानगरपालिकाका तर्फबाट आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि जाइकालाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले छिटो काम सुरु गर्न टोलीलाई आग्रहसमेत गरे ।

छलफलमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्पर्क व्यक्ति पुनमकुमार दाहाल, सहरी तथा योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापा, खानेपानी संस्थाका महाप्रबन्धक ईश्वर प्रसाद, इन्जिनियर महाशाखा प्रमुख बुद्धरत्न महर्जन, विराटनगर शाखा प्रमुख सन्तोष रौनियार, जाइकाका प्रतिनिधि आलेप पौड्याल, राजेश कुशियात, खानेपानी बोर्डका अध्यक्ष गुणाखर भुषाललगायतको सहभागिता रहेको थियो ।

आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । सो अवसरमा जाइकाका प्रतिनिधि आलेप पौड्यालले कोभिड–१९ का कारण आयोजना सञ्चालनका लागि केही ढिलो भए पनि अब प्रक्रियागत रुपमा कामले गति लिने बताउनुभयो । यसअघि पनि मेयर कोइरालाले काठमाडौंमै पुगेर जाइकाको टोलीसित भेट गरी आयोजना छिटो सञ्चालन गर्न ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर