युरो कपको क्वार्टरफाइनल समीकरण पूरा, ग्रुरुप अफ डेथबाट कुनै पनि टिमले अन्तिम १६ पार गर्न सकेनन्

खबर पूर्वाञ्चल, १६ असार २०७८, बुधबार ०७:५४

विराटनगर  युरोपका विभिन्न ११ सहरमा जारी १६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

गए राति प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो लागेको हो ।

गए राति जर्मनीविरुद्ध २–० गोलको जित दर्ता गर्दै इंग्ल्याण्ड अन्तिम आठमा प्रवेश गरेसँगै अन्तिम आठको टुङ्गो लागेको हो । यअ अघि मंगलबार भएकोे खेलमा स्विडेनमाथि अतिरिक्त समयमा २–१ गोलको जित निकाल्दै युक्रेन क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ ।

यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ ।

यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्काे क्वाटरफाइनल खेल हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ ।

अर्काेतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्काे सेमिफाइनल खल्नेछ ।
ग्रुरुप अफ डेथबाट कुनै पनि टिमले अन्तिम १६ पार गर्न सकेनन्

ग्रुरुप अफ डेथबाट कुनै पनि टिमले अन्तिम १६ पार गर्न सकेनन्

साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन ।

युरो २०२० सुरु हुनुअघि समूह एफको खुब चर्चा थियो । साविक विजेतासहित तीन पूर्व विजेता रहेको यस समूह ‘ग्रुरुप अफ डेथ’को रुपमा चर्चित थियो ।

नहोस पनि किन २०१६ को विजेता पोर्चुगल विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी यसै समूहमा थिए । अर्काे टिम हंगेरी थियो ।
यस समूहबाट तीनवटै पूर्व विजेता समूह चरण पार गर्दै अन्तिम १६ मा समेत पुगे । हंगेरी भने समूह चरणबाटै आउट भयो ।

युरो कपको १६औं संस्करणमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा १६ टिमले नकआउट चरणमा प्रवेश पाउँथे । त्यसैले ६ वटा समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुगे ।

समूह एफबाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेताको रुपमा नकआउटमा पुगेका थिए । पोर्चुगल समूहमा तेस्रो भए पनि उत्कृष्ट तेस्रो भित्र पर्न सफल हुँदा नकआउट चरणमा पुगेको थियो ।

तर तीन पूर्व विजेता पनि अन्तिम १६ बाट अघि बढ्न सकेनन् । गए राति भएको खेलमा जर्मनी इंग्ल्याण्डसँग २–० ले पारजित भएपछि यस समूहका कुनै टोली युरो २०२० मा बाँकी रहेनन् ।

साविक विजेता पोर्चुगल बेल्जियमसँग १–० ले पारजित हुँदै बाहिरियो । यस्तै विश्वविजेता तथा साविक उपविजेता फ्रान्स स्विट्जरल्याण्डसँग पेनाल्टीसुटआउटमा ५–४ ले पराजित भयो ।

उपाधि दाबेदार मानिएको तीनवटै पूर्व विजेता आउट भएपछि युरो २०२० रोमाञ्चक बन्दैछ ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान
. स्विट्जरल्याण्ड भर्सेस स्पेन स् जुलाई २ (असार १८ गते), ९ः४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
. बेल्जियम भर्सेस इटली जुलाई ३ (असार १९ गते), १२ः४५ बजे (म्युनिक, जर्मनी)
. चेक रिपब्लिक भर्सेस डेनमार्क जुलाई ३ (असार १९ गते), ९ः४५ बजे (बाकु, अजरवैजान)
. युक्रेन भर्सेस इंग्ल्याण्ड जुलाई ४ (असार २० गते), १२ः४५ बजे (रोम, इटली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५