AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा १३ लाख ३५ हजार रुपैयाँको भन्सार छलीका सामान बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०८३, शनिबार ०७:४१
3
Shares
विराटनगर / मोरङका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १३ लाख ३५ हजार ५ सय २५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो ।

बरामद सामानमा एउटा अटोसहित लत्ताकपडा तथा कस्मेटिक सामग्री रहेका छन् । बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर