श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७७, मंगलवार १९:३३

दमक / झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन् ।

भुटानी शरणार्थी शिविरमा सेक्टर डि. ४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय श्रीमान सेरबहादुर राईले ४९ बर्षीया श्रीमती बिष्णुमाया तामाङ राईलाई आज बिहान ५ बजे मादक पदार्थ सेवन गरी कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५