RUMPUM
animated ellipse animated ellipse

मोरङ क्षेत्र नं १ (क) को समानुपातिकमा खड्ग फागो उम्मेद्वार नपाए कांग्रेसमा विद्रोह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०७९, बिहीबार १३:०६
675
Shares
उर्लाबारी / मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लागि समानुपातिक उम्मेद्वारको सूची बनाउन दलहरु जुटिरहेका छन् ।

समानुपातिकमा प्रत्येक क्षेत्रबाट एकभन्दा बढी नाम सिफारिस भएका कारण सूची बनाउन नेताहरुलाई सकस छ । उम्मेद्वारमा सिफारिस भएकाहरुले आफ्नो नाम सूचीमा समावेश गर्न जोडबल गरिरहेका छन् ।

नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न नपाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने, प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद भएको व्यक्ति पनि अब प्रदेशमा गएर समेत फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरेको छ ।

उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेर सन्तुलनलाई आधार मानेर पार्टीको पक्षमा लोकप्रिय मत थप्न सक्नेलाई समानुपातिक उम्मेदवार बनाउने कांग्रेसको लाइन छ ।

यसैक्रममा मोरङ क्षेत्र नं. १ (क) बाट समानुपातिक सूचीमा १ नम्बरमा सिफारिस भएका प्रभावशाली युवा नेता तथा प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोको नाम मापदण्ड अनुसार नपर्ने देखिएको छ । गत स्थानीय तहको निर्वाचनमा फागो उर्लाबारी नगरपालिकाको मेयरमा पराजित भएका थिए। कांग्रेसका नेताहरु नै खुलेर ‘फागो हराउ अभियान’ चलाएका थिए । आम कार्यकर्ताहरुमा फागोको क्रेज छ । तर, केही कांग्रेसभित्रका नेताहरुलाई फागोको बढ्दो लोकप्रियताबाट ‘जलन’ भएको थियो । त्यही रिस स्थानीय तहको निर्वाचनमा फेरेको धेरै कार्यकर्ताको बुझाई छ ।

स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा गठबन्धन हुन नदिन डा. शेखर कोइराला समूहका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले भूमिका खेलेको जानकार स्रोत बताउँछ । फागोलाई डिजाइन गरेरै मेयरमा हराइएको थियो । मेयरमा पराजित भएपनि मोरङ क्षेत्र नं. १ मा फागो लोकप्रिय नेता मानिन्छन्। यस अर्थमा पनि पार्टीले फागोलाई समानुपातिक उम्मेद्वार बनाउनु पर्ने पूराना कार्यकर्ताहरु बताउँछन् । पार्टीमात्र नभई क्षेत्रको विकासमा गर्न पनि यस पटक फागोलाई प्रदेश सांसद बनाउनु पर्ने उनीहरुको जोड छ ।

फागो समानुपातिकमा नपर्दा लिम्बूलाई असर
फागो समानुपातिक सूचीमा नपरे मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभाको उम्मेद्वार बन्ने तरखरमा रहेका डिगबहादुर लिम्बूलाई असर पर्ने देखिन्छ । २०७४ सालमा पराजित भएका लिम्बू यस पटक पनि उम्मेद्वार बन्ने तरखरमा छन्। फागोलाई समानुपातिक उम्मेद्वार बनाउँदा लिम्बूलाई पनि जित्न सहज हुने धेरैको अनुमान छ । फागोकै कारण कांग्रेस बनेकाहरु उनले टिकट नपाउँदा रुष्ट हुने सम्भावना रहेको जानकारहरु बताउँछन् । त्यो हुँदा डिगबहादुरलाई पनि असर गर्ने र झन् कांग्रेस कमजोर हुने भन्दै पूराना कार्यकर्ताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । लोकप्रियताको आधारमा पनि फागो समानुपातिक सूचीमा पर्नु पर्ने धेरैको बझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर