AArya
RUMPUM
animated ellipse animated ellipse

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०८३, शुक्रबार १२:४३
36
Shares
विराटनगर / विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई सम्मान गर्दै हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धताव्यक्त गरेको छ ।

आज महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदाय स्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।

सम्मान कार्यक्रममा बोल्दै मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानकालागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनको भनाइ थियो ।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमानागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतना मूलक तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणकालागि स्थानीयतहको भूमिका अझमहत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।
यसअघिवातावरण संरक्षणसँग सम्बन्धितविभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो । वातावरणमैत्री जीवन शैली, फोहोर व्यवस्थापन, वृक्षारोपण र जलवायु सचेतनासम्बन्धी सन्देशसहित निकालिएको प्रभातफेरीले नगरवासीको ध्यानवातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर