AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रमपम विराट गोल्डकप :पहिलो हाफमा थ्रीस्टारको अग्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०८१, आईतवार १९:४३
144
Shares
विराटनगर / विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टार क्लबले अग्रता लिएको छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पछि पार्दै खेलको पहिलो हाफमा अग्रता लिएको हो ।

पहिलो हाफमा थ्रीस्टारका प्रशान्त लिम्बु र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।

दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरे ।
सोमबार अन्तिम सेमिफाइलन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर