ब्राउन सुगरसहित दुई जना विर्तामोडबाट पक्राउ

खबर पूर्वाञ्चल, १८ श्रावण २०७८, सोमबार १५:४१

विर्तामोड / झापा विर्तामोडबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका १ का २० बर्षीय सुवास न्यौपाने र विर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् ।

उनीहरुलाई आज दिउँसो विर्तामोड–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भए सगै आवश्यक अनुसन्धानको लागी मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान झापा प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५