प्रदेश १ मा अहिलेसम्मकै उच्च ९३७ जनामा कोरोना संक्रमण पुष्टि, विराटनगरमा मात्र ३ सय १ जना

खबर पूर्वाञ्चल, २७ बैशाख २०७८, सोमबार १९:००

विराटनगर / प्रदेश १ मा आज अहिलेसम्मकै उच्च ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्याअहिले सम्मकै उच्च हो । यस अघि गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या सवै भन्दा बढी ८ ७० जनामा संक्रमण देखिएको थियो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३–३, धनपालथान, सुनबर्षी र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको छ

उता झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमलगाउँपालिकामा७,बा¥हदशीमा ४, स्थानीयतहनखुलेका ३, स्थानीयहल्दिबारी र झापागाउँपालिकामा२–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशीगाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीयतहनखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीयतहनखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीयतहनखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५