AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेयर कप फुटबलको फाइनलमा आदर्श र डनबस्को

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०८२, शुक्रबार २१:२०
135
Shares
विराटनगर /विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरस्थित सहिद रङ्गशालामा आज भएको सेमिफाइनल खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए।

पहिलो सेमिफाइनल खेलमा डन बस्को (निलगिरी) माध्यमिक विद्यालयले सेन्ट जोसेफ माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका डन बस्कोका उदेश केसीलाई खेलका उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा आदर्श माध्यमिक विद्यालय र जनता नमुना माध्यमिक विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयसम्म दुवै टोलीबाट एक–एक गोल भएपछि खेल बराबरीमा टुङ्गिएको थियो। त्यसपछि भएको निर्णायक पेनाल्टी सुटआउटमा आदर्श माध्यमिक विद्यालयले ४–२ गोल अन्तरको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो । उक्त खेलमा आदर्शका योगेश राजवंशी उत्कृष्ट प्रदर्शनका कारण खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

आयोजकका अनुसार मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल माघ ११ गते, दिउँसो १ बजे शहीद रङ्गशाला, विराटनगरमा हुनेछ । फाइनल खेलमा आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्नुका साथै विद्यालयस्तरको फुटबल विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ छ । फाइनल खेलप्रति फुटबलप्रेमी दर्शक तथा खेलप्रेमीहरूको उत्साह उल्लेखनीय रूपमा बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर