AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कक्षा ११ का विद्यार्थीहरुलाई कृषि शाला भ्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ चैत्र २०८१, आईतवार १८:२४
117
Shares
विराटनगर / विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा – ११ का विद्यार्थीहरुलाई कृषि शैक्षिक अवलोकन भ्रमण गराएको छ ।

कक्षा ११ मा अध्ययनरत करिव छ सय भन्दा वढि विद्यार्थीहरुले रानी दरैया स्थित बञ्जारा कृषि फार्म भ्रमण गरेका हुन् । कक्षा ११ को सामाजिक विषयको प्रोजेक्ट वर्क अन्तरगत उक्त कार्यक्रम पर्दछ । कृषि फार्ममा विद्यार्थीहरुले उन्नत जातको गाई र अर्गानिक तरकारी खेतीबारे अवलोकन भ्रमण गरेका थिए ।
फार्मका निर्देशक शुनिल शर्मा र अन्य स्टाफहरुले विद्यार्थीहरुले तयार गरेर लगेको प्रश्नको उत्तर दिएका थिए । विद्यार्थीहरुले निकै चासोका साथ फर्म सम्बन्धि जानकारी लिएका थिए । मेरिल्याण्ड कलेजका निर्देशक भेषराज पोखरेलले कक्षा ११ को सामाजिक शिक्षाको पाठ्यक्रममा नै कृषि फार्मको स्थलगत अवलोकन अ्रध्ययन भ्रमण रहेकोले प्रत्येक वर्ष यस्ता भ्रमण गराउने गरेको बताए ।

कलेजका प्ििरन्सपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेज पढाईमा मात्र अव्बल नभई अन्य कृयाकलापमा पनि अव्वल रहेको जानकारी दिए । कलेजका कोअर्डिनेटरहरु मनिष पोख्रेल र गणेश दाहालले विद्यार्थीहरुलाई भ्रमणको सहजीकरण गरेका थिए ।

मेरिल्याण्ड कोशी प्रदेशकै व्यवस्थापन शिक्षाको अग्रणी संस्था रहदै आएको छ । मेरिल्याण्डले आउँदो नयाँ शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर