विरामीको मृत्युपछि मकालु हस्पिटल तोडफोड

खबर पूर्वाञ्चल, १० भाद्र २०७९, शुक्रबार १९:४७
711
Shares

विराटनगर /विराटनगर– ९ गुद्रीको एक जना बालकको उपचारमा लापरबाही गरेको भन्दै विरामीको मृत्यु भएपछि विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिदिएका छन् ।

हस्पिटलका चिकित्सकलले शल्यक्रियामा लापरवाही गरेको कारणले विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका हुन् ।

पासवानको एपेन्डिसाइटको मकालु हस्पिटलमा गत वैशाख २८ गते हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा। अमिर अफाकले शल्यक्रिया गरेका थिए । शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता आएपछि बिहीबार मकालु हस्पिटल लगिएको थियो । डा। अफाकले विरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवनको उपचारको क्रममा आज ३ बजे मृत्यु भएको हो ।

एपेन्डिसाइटको अप्रेशन गर्दा डा। अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताए । ‘छोरा विरामी भएपछि पहिला उपचार गरेकै मकालु हस्पिटल लिएर आए । अस्पताल आउँदा चिकित्सक पनि ढिलो गरी आउनुभयो ।त्यसबेलामा सम्म छोराले बान्ता गरिरहेको थियो । तीन महिना अगाडी छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको हो,’ बावु विष्णु पासवानले भने, ‘सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गदियो । त्यसपछि छोराको ज्यान गयो ।’ सुरूमा मकालु हस्पिटलले राम्रोसँग शल्यक्रिया नगरेको कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनलेको भनाई छ । छोराको उपचारमा लापरवाही गर्ने मकालु हस्पिटलका चिकित्सकलाई कारवाही गरिनुपर्ने उनले बताए ।

यता उपचारमा संलग्न चिकिस्तक डा। अमिर अफाक उपचारमा कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । ‘तीन महिना अगाडी शल्यक्रिया राम्रोसँग गरेको हो । अहिले बच्चालाई बान्ता र ज्वारो आउन थालेपछि हस्पिटल लिएर आउनुभएको थियो । बच्चाको समस्या भएको कारणले मैले अर्को हस्पिटलमा रेफर गरेको हो,’ डा. अफाकले भने, ‘मेरोतर्फबाट र हस्पिटलबाट कुनै पनि लापरवाही भएको छैन ।’

हस्पिटल तोडफोड गरेको भन्दै चार जना पक्राउ विरामीको मृत्यु भएपछि आक्रोशित भिडले मकालु हस्पिटल तोडफोड गरिदिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले शुक्रबार दिउँसो मृतकका चार जना आफन्तहरू पक्राउ गरेको हो ।

हस्पिटल तोडफोडमा संललग्न भएको भन्दै प्रहरीले रमन मण्डल, सजकुमार कमात, सीतसलाई पक्राउ गरेको मृतकका आफन्तहरूले बताएका छन् ।

पक्राउ परेका चार जना युवाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५