AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिस कोशीको पहिलो अडिसनबाट २० जना छनौट, दोस्रो अडिसन हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०७९, मंगलवार १८:१९
1.04k
Shares
विराटनगर / सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् ।

अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो ।

पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई,
विराटनगरकी निरिछा मण्डल, बबिता राय, इनरुवाकी श्रुतीकुमारी उरॉव, सिरहाकी ऐश्वर्याकुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु, नुमाफुङ निलेखु, तेह्रथुमकी बिनिता लिम्बु रहेकी छिन् । यस्तै रामधुनीकी भावना राई, ओखलढुङ्गाकी सोनिया राई, सम्झना बस्नेत, भोजपुरकी समिक्षा श्रेष्ठ, सुन्दरहरैचाकी सफायर राई, इटहरीकी सृष्टी पाख्रेल, दिया घिमिरे र लेटाङकी स्मृती लामा रहेकी छिन् ।

प्रतियोगिताको दोस्रो अडिसन साउन २१ र २८ गते धरान, इटहरी र विराटनगरमा हुने जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘पहिलो अडिसन सकिएको छ,’ उनले भनिन्, ‘दोस्रो अडिसनको तयारीमा जुटेका छौँ । ’

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुदै आएको छ । अहिले हुन लागेको सातौं संस्करणको मिस कोशी हो । सातौं संस्करणको मिस कोशी भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए । ‘विगत वर्षहरूमा भएको भन्दा यस पटक सातौं संस्करणको मिस कोशी भव्य र सभ्य हुनेछ ।’

अडिसनबाट छनौट भएका प्रतियोगिहरूको लागि भदौमा प्रशिक्षण सुरु हुनेछ । प्रतियोगिताको फाइनल असोजमा हुने बताइएको छ ।

प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउने छन् । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर