AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा टोकन प्रणाली लागू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७७, बिहीबार १३:५७
2.18k
Shares
विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागू भएको छ ।

अस्पताल परिसर भित्र आज एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली लागू गरिएको हो ।

अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गरिन ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । ‘ओपीडीमा चिकित्सकलाई देखाउन पूर्जी काटनेको भिडभाड हुने गरेको थियो,’ डा. दासले भने, ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्रीहीलाई अब घण्डौंसम्म लाइनमा बसेर सास्ती हुने छैन ।’

कोरोना सक्रमणबाट बच्न र लाइनमा बस्नु पर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी दिदै मेसु दासले अन्य विभागमा यसरी टोकन प्रणाली बिस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए । टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरु समेत सहजीकरणमा खटिने भएका छन् ।

कोशी अस्पतालमा दैनिक ९ सय देखि १ हजार जना सेवाग्राहीले ओपीडिमा स्वास्थ्य सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर