तेस्रो लहरको तयारीसँगै कोशीमा शव राख्न चिस्यान जडान हुँदै

बेला–बेला धोका दिने जेनेरेटरले शव गन्हाउने जोखिम कायमै
खबर पूर्वाञ्चल, ४ श्रावण २०७८, सोमबार १८:२२

अनुज सापकोटा
विराटनगर / कोशी अस्पतालमा अब शवबाट फैलिएको दुर्गन्धका कारण नाक छोपेर हिड्नु पर्ने बाध्यताको अन्त हुने भएको छ ।

विराटनगर स्थित कोशीमा चारवटासम्म शव राख्न मिल्ने चिस्यान –(मोरचुअरी क्याबिनेट फ्रिजर) को धमाधम जडान हुँदैछ । चिस्यानका लागि चाहिने एयर कन्डीसनिङ्ग तारहरूको जडान जारी छ । जडान हुनासाथ आवश्यकता अनुसार चिस्यानलाई शव राख्ने काममा ल्याइने छ । अस्पताल परिसरभित्र पोष्टमार्टम घरको अघिल्लतिर निर्माण गरिएको टिनको छानो भएको एक तल्ले सटरमा चिस्यान राखिने छ । चिस्यानमा ४ क्याबिनेट छन् । ४ क्याबिनेटमा ४ वटा शव लामो तथा छोटो समयका लागि एकै साथ राख्न सकिने छ ।

शवलाई राख्न माइनस १० डिग्री सेन्टीगे्रटदेखि ५ डिग्री सेन्टीग्रेट तापक्रम चाहिन्छ । शवलाई ताजा राख्नका लागि क्याबिनेट २४ सै घण्टा चिसो हुनुपर्छ । नत्र शव कुहिएर दुर्गन्धित बन्न थाल्छ । तर विराटनगरमा बारम्बार गइरहने विजुलीका कारण शव चिस्यानबाट भने अनुसारको काम लिन सकिने हो वा होइन, त्यो त्यसै भन्न गा¥हो छ । विद्युत अवरूद्ध भएको बेला चिस्यान्को तापक्रमलाई यथावत राख्न जेनेरेटर चाहिने हुन्छ । तर कोशी अस्पतालको जेनेरेटर आफै विरामी छ । जेनेरेटरले बारम्बार मर्मत खेपेको छ र मर्मतको नाउँमा लाखौं रकम खर्च समेत भइसकेको छ ।

बारम्बार विद्युत अवरूद्ध भइरहने र विरामी जेनेरेटरले शवलाई ताजा राख्न मद्दत गर्छ त भन्ने प्रश्नमा कोशीका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासले चिस्यान जडानको तयारी गोप्यरूपमा गरिहेको वखत न्यू सृष्टि दैनिकलाई प्राप्त सूचनाबारे आश्चर्य व्यक्त गरे । उनले विद्युत अवरूद्ध भएको बेला समस्या आउन सक्ने भन्दै पुरानो ट्रान्सफर्मरको साटो ५ सय केभीएको नयाँ विजुलीको ट्रान्सफर्मर जडान गरिरहेको बताए । विरामी जेनेरेटरको बारेमा खासै बोल्न डा. दास रूचाएनन् । उनले नेपाल सरकारले विनियोजन गरेको १५ लाख बजेटबाट शव चिस्यान जडान गर्न लागिएको बताए ।

तेस्रो लहरको तयारीसँगै कोशीले शव चिस्यान जडान गर्न लागेको हो । लावारिस शव,पोष्टमार्टम हुन ढिलो भएका शव र कारणवस अस्पतालबाट नउठेका शवलाई लामो समयका लागि राख्नु पर्दा कोशीमा सकस थियो । पहुँचवालाहरूले शवलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर शव राख्ने गरेका थिए । समयमा अन्तिम संस्कार नगरी लामो समय अस्पतालमा कुनै सुविधाबीना राख्नु पर्दा शव कुहिँदै जाने र दुर्गन्धले नाकै छोपेर हिँड्नु पर्ने बाध्यता थियो ।

डा. दासले हालको चिस्यानको व्यवस्था दिगो नभएको बताएका छन् । विस्तारै साम्य हुन लागेको कोरोनको जोखिम पुनः बढ्दै गएको र कोरोना मृत्युदर बढेको खण्डमा अस्पतालमा शव व्यवस्थापन गा¥हो हुने किटानका साथ चिस्यान जडान हुन थालेको हो । डा. दासले भने,‘ संघीय आयोजना अन्तर्गत पारित भएको कोशीको नयाँ बन्ने सवा ३ अर्वको ७ तल्ले भवनको गुरूयोजनामा अत्याधुनिक पोष्टमार्टम र मोरचुअरी हाउससँगै सेवासुविधा सम्पन्न दजर्नौ शव अटाउने चिस्यान ब्लक्रको व्यवस्था समेत गरिएको बताए । न्यू सृष्टि दैनिकमा प्रकासित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५