RUMPUM
animated ellipse animated ellipse

परिक्षणको दायरा घटाउँदा प्रदेश १ मा संक्रमणको दर घट्दै, आज थपिए ५५३ जनामा संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०७८, आईतवार १७:२७
1.14k
Shares
विराटनगर / पछिल्लो समयमा प्रदेश १ मा कोरोनाको परिक्षण घटाउँदा प्रदेशमा संक्रमण दर घट्दे गएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५३ जनामा संक्रमण भेटिएको छ ।

९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा,खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१, सुनसरीको इटहरीमा७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशीगाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमलगाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१, इलामको इलामनगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सुर्योदयमा १–१, धनकुटाको पाख्रिबास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीयतहनखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीयतहनखुलेका १–१,उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर