AArya
RUMPUM
animated ellipse animated ellipse

माछापुच्छ्रे सहकारीको घोटला गर्ने संचालकहरुलाई कारवाहीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०८०, मंगलवार १९:४५
324
Shares
विराटनगर/ विराटनगरस्थित माछापुच्छ्रे  बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अमलेशकुमार कर्णसहितले चार जना संचालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ रकम हिनामिना गरेको आरोप लगाउँदै निक्षेपकर्ताहरूले कारावहीको माग राखेका छन् । ्

आज विराटनगरमा निपेक्षपकर्ताहरुले पत्रकार सम्मेलन गरी संचालकहरुलाई कारावहीको माग राखेका हुन् ।

छानविन समितिले तयार पारेको रिपोर्ट अुनसार सहकारीका अध्यक्ष कर्ण, सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्की, कोषाध्यक्ष राधादेवी लिम्बु र सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले पाँच सय बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामनिा गरेको खुलेको छ ।

बचतकर्ताहरूले निक्षेप गरेको उक्त रकम फिर्ताको लागि वर्षौदेखि हारगुहार गरेका छन् । त्यसको लागि उनीहरुले स्थानीय प्रशासन र सहकारी हेर्ने प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका प्रमुखहित विभिन्न सरकारोवाला नियकाहरूसँगको रोहबरमा छलफल पनि गरिसकेका छन् । तर, अन्यमितता गरेको रकम फिर्ता गर्ने छाटकाट नदेखाएपछि आजित भएका सहकारी पीडित बचतकर्ताहरूले कारवाहीको माग राखेका हुन् ।

छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको छानविन प्रतिवेदनले देखाएको छ ।

कार्की पछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् ।

यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

कर्ण साझा विवेकशिल पार्टीका नेता हुन् । यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । उक्त समितिले समयमै छानविन प्रतिवेदन बुझाएको थियो । पछि सहकारीको सबैभन्दा बढी अन्यमितता गरेको आरोप लागेका अमित कार्की र प्रभाकर थापाले निष्पक्ष छानविन नभएको भन्दै प्रतिवेदन माथि प्रश्न उठाए ।

छानविन समितिमा सहकारीको वर्तमान पदाधिकारी रहेको र निष्पक्ष छानविन नभएको भन्दै पुनः विज्ञ टोली अडिटर माग गरेपछि दोस्रो चरणको तीन सदस्य समिति गठन भएर छानविन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर