पूर्वाञ्चल खबर
धनकुटाको साँगुरीगढी गाउँपालिका १ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउदै गरेको को १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका १ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो ।
लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा ५ मोरङका ५१ बर्षीय रुद्धबहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका ७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका ५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
यसैगरी विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा सहिदभुमि गाउँपालिका ४ का ४४ बर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।