मोरङ ६ (ख) वाट पोखरेल सहित ७ जनाको नाम सिफारिस

खबर पूर्वाञ्चल, १९ भाद्र २०७९, आईतवार १९:२३
2.76k
Shares
विराटनगर / यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ६(ख) को प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेवाट प्रदेश कमिटी सदस्य एवम पार्टी केन्द्रीय सहकारी बिभागका सदस्य रमेशप्रसाद पोखरेलसहित ७ जनाको नाम सिफारिस भएको छ ।

एमाले क्षेत्र नं. ६ (ख) को बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

प्रत्यक्ष निर्वाचनका लागि सो क्षेत्रवाट पोखरेलसहित पर्शुराम बस्नेत, यसोदा अधिकारी, राधेश्याम कट्टेल, दिनानाथ भगत, रोहीत कोइराला र शिव थापाको नाम समेत सिफारिस भएको छ ।

यसै गरी सो निर्वाचन क्षेत्रवाट समानुपातिक तर्फका लागि भने १७ जनाको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५