खबर पूर्वाञ्चल
प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा जोगवनीमा आज भएको खेलमा भागलपुर क्रिकेट क्लवलाई ८४ रनले पराजित गर्दै मुजफरपुर अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरमा ८ विकेट गुमाई १ सय ६९ रनको योगफल तयार गरेको थियो । मुजफरपुरका अमित पन्थरले ६० रन बनाउँदा कसमार रजिसले ३२ रनको योगदान दिए । भागलपुरका महमद सजित चाँदले २ विकेट लिँदा रजनिस यादवले पनि २ विकेट लिए ।
१ सय ७० रनकोे लक्ष्य पाएको भागलपुरले १५ दशमलव ४ बलमा सवै विकेट गुमाई ८५ रन मात्र बनाउँन सक्यो । भागलपुरका रजविस यादवले सर्वाधिक २५ रन बनाए । मुजफरपुर प्लेयर अफ म्याच मयंक कुमारले ४ लिए । पुरस्कार समाजसेवी जावेद अन्सारीले वितरण गरे ।