खबर पूर्वाञ्चल
सुनसरीबाहेक मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २/२, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीयतह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यता मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ । उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतहनखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १/१ पुरुष, धनकुटा र इलाममा १/१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।