AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङको २६ दिनमै गयो पद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०८३, बुधबार १५:२७
90
Shares
विराटनगर / चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले २६ दिनमै राजीनामा दिएका छन्।

गुरुङको सम्पत्तिमाथि प्रश्न उठेपछि आज दिउँसो सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका छन्। विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

गुरुङले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका छन्। गत चैत १३ गतेदेखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्।

‘आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ।’

उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्वु नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। राजीनामा घोषणाकै क्रममा गुरुङले सञ्चारकर्मीहरूमाथि पनि नैतिकताको प्रश्न उठाएका छन्। उनले भनेका छन्, । कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ स्वीट शेयर छ, त्यो पनि बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर