पूर्वाञ्चल खबर

बिहीबार राती विराटनगर – ४ एयरपोर्ट मोडको होटल एसियाटिक होटल अगाडी प्रदेशसभा सदस्य कार्कीका छोरा रविनले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको थियो ।
कार्कीले चलाएको कारले पैदलयात्री मजदुरलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका मजदुर हन् ।
घटना भएको तीन दिन भइसकेको र घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ नगरि घटना ढाकछोप गर्न खोजिएको प्रति महासंघको गम्भिर ध्यानकर्षण भएको विज्ञाप्तीमा उल्लेख छ ।
‘मृतक मजदुरप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्यलभाको कामना सहित मतृकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सहित क्षतिपूर्तिको माग गर्दछौं,’ अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङका अध्यक्ष गंगाराम थापाले जारी गरिएको विज्ञाप्तीमा भनिएको छ, ‘घटना घटाउने कार्कीलाई यथाशिघ्र नियन्त्रणमा लिइ स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी कानुनी कार्वाहीको लागि जोडादार माग गर्दछौं ।’
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का सह इन्चार्ज उपेन्द्र रायले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही, घाइते मजदुरको सम्पूर्ण उपचार खर्च र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग गरेका छन् ।