AArya
RUMPUM
animated ellipse animated ellipse

वक्तृत्वकला प्रतियोगितामा ग्रेडेडकी थनिशा पोखरेल दोस्रो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०८३, बुधबार १८:४७
405
Shares
विराटनगर / ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुल, विराटनगर–०८ की छात्रा थनिशा पोखरेलले लायन्स क्लब अफ विराटनगरद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छन्।

प्रतियोगितामा विभिन्न विद्यालय तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै थनिशाले दोस्रो स्थान हासिल गर्न सफल भएकी हुन्।

थनिशाको यस सफलताप्रति ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक प्रेमसिंश सुवालका अनुसार उनको यो उपलब्धिले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा थप उत्साह र गौरव थपेको छ।

विद्यालय परिवारले थनिशाको आगामी शैक्षिक तथा अन्य गतिविधिहरूमा समेत निरन्तर सफलताको कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर