पूर्वाञ्चल खबर
प्याब्सन विराटनगरको दोस्रो महानगर परिषद भेलामा ११ जना ४ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीहरुलाई नगदहित सम्मान गरिएको हो ।
यसरी उत्कृष्ट चार जिपिए ल्याउने विद्यार्थीहरुमा ६ जना बिकेभिएम स्कुलका विद्यार्थीहरु रहेका छन् । जसमा मौलिक ढकाल, अभियान राजवंशी, गौरव झा, नैतिककुमार पोद्धार, प्रिन्सी साह र स्नेहल राज साह रहेका छन् । त्यसैगरी विराटनगरको एभरेष्ट स्कुलका दुई जना रहेका छन् । जसमा प्रेम खतिवडा र कृति गोयल रहेका छन् । त्यसैगरी सगरमाथा स्कुलका सोभित न्यौपाने, जेम्स स्कुलका श्रीजी पोख्रेल र कान्तिपुर स्कुलका आयुषा कार्की रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले नगदसहित सम्मान गरे ।
त्यसैगरी प्याब्सन विराटनरले सामाजिक अभियान्ता पारुल क्षेत्री र समाजसेवी करिम अन्सारीलाई पनि सम्मान गरेको छ ।
विराटनगर महानगरपालिका भित्र हरित नगरी बनाउन भुमिका खेल्ने पारुल र मलामीमा निःशुल्क रुपमा बस सेवा उपलब्ध गराउने समाजसेवी अन्सारीलाई नगदसहित सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी लामो समयदेखि विद्यालयको सवारी चलाउने चालक र सहचालकलाई पनि सम्मान गरियो । झण्डै तीन दशकदेखि विद्यालयको सवारी चालाउने चालक इन्द्रबहादुर श्रेष्ठ र सह चालक भीमप्रसाद तिवारीलाई पनि गदसहित सम्मान गरिएको थियो । उनीहरुलाई पनि महार प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै महानरका प्रमुख कोइरालाले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरुको भुमिका उल्लेखिनय रहेको बताए ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाललागयत निजी विद्यालयका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।