AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा मोरङको विजयी शुरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०८२, बुधबार १७:११
189
Shares
विराटनगर / कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता शुरु भएको छ ।

आज भएको उद्घाटन भएको खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तर पराजित गरि महत्वपूर्ण २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रा, विशाल ढकालले २३ रन, अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको योगदान दिए । सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो । सुनसरीका अफन ताहिरले २२ रन बनाउँदा कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँये १० रन बनाए । मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सराी र प्रेम कामतले २–२ विकेट लिए । दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडल घोषित भए ।

प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् । विहिबार झापा र मोरङ विच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर