पूर्वाञ्चल खबर


आइटि एक्सपोमा विद्यार्थीहरुले सफ्टवयेर निर्माण, ए.आइ., इथिकल ह्याकिङ, साइवर सेक्युरेटी, मल्टिमिडिया, प्रोग्रामिङ आदिको विषयमा अवलोकन तथा ज्ञान आर्जन गर्ने प्रिन्सिपल नेपालले बताए । इन्जिनियर एशोसिएसन कोशी प्रदेश सभापति तथा कान्तिपुर कलेजका निर्देशक ई. जयनाथ यादवले आइटी विषयको महत्व साथै जीवीकोपार्जन तथा समय सापेक्ष शिक्षाको लागि आइ.टी अपरिहार्य भएको बताए । को–र्डिनेटरद्धय रोशन राजवंशी र हिमाल वरालले कार्यक्रमको संयोजन गरेका थिए ।
कक्षा–११ र १२ सकिने वित्तिकै किशोरावस्थामा नै विद्यार्थीहरु उच्च शिक्षाकालागि देश छोडेर बाहिर जाने भएकाले नेपालमै मेडिकल, इन्जिनियरीङ्, आइटी र व्यवस्थापन आदि क्षेत्रमा पनि विद्यार्थीहरुको उज्जवल भविष्य रहेको प्रिन्सिपल नेपालले बताए ।
कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणकालागि मेडिकल, इन्जिनियरीङ, आइटी, सिम्याट लगायतका तयारी कक्षाहरु गराउदै आएको छ । उच्च शिक्षा प्रारम्भको आधार स्तम्भको रुपमा कोशी प्रदेशकै नमुना तथा उत्कृष्ट कलेजको रुपमा स्थापित भइसकेको कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटेल व्यवस्थापन सङ्काय पढाई हुने गरेको र कक्षा–११ र १२ मात्र नभइ उच्च शिक्षाको लागि विद्यार्थीहरुलाई सहजीकरण गर्ने भएकाले एसइई दिदै गरेका विद्यार्थीलाई सफलताको शुभकामना दिदै एसइई नतिजा पछि कान्तिपुरलाई निर्वाध रुपमा रोज्न पनि प्रिन्सिपल नेपालले आग्रह समेत गरे ।